FAQs Complain Problems

नियमित स्टाफ मिटिंग सम्पन्न

प्युठान नगरपालिका

प्युठान नगरपालिकाले यस बैसाख महिनाको स्टाफ मिटिंग २०७४/०१/०३ मा सम्पन्न गरेको छ | यस नगरपालिकामा हरेक महिनाको ३ गते (उक्त दिन सार्बजनिक बिदा परे भोलिपल्ट) गर्ने गरिएको छ | उक्त कार्यक्रममा बिषयगत शाखा प्रमुख र वडा सचिबहरुले यस महिनाको प्रगति विवरण पेश गर्नुभएको थियो | उक्त कार्यक्रममा चालु योजनाको समिक्षा गर्दै आगामी योजना/कार्यक्रमहरुको बारेमा छलफल गर्ने गरिएको छ | 

यसै कार्यक्रम सुरुवातमा यस नगरपालिकाका सब-इन्जीनियर दिनेश के सी ले सकारात्मक सोच सम्बन्धि कार्यक्रम प्रस्तुत गर्नुभयो | उक्त कार्यक्रममा उहाले सकारात्मक सोचका कारण मानिसमा आउने परिबर्तनका बारेमा उदाहरण सहित प्रस्ट पार्नुभयो | कार्यालयमा काम गर्ने कर्मचारीले सकारात्मक सोच राख्नु किनआवश्यक छ र यसका तल्कालिन र दिर्घकालिन फाइदा के के छन् भन्ने  बिषयमा उदाहरण सहित प्रस्तुत गर्नु भएको थियो |