FAQs Complain Problems

प्युठान नगरपालिकामा विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान तथा उर्जा, जलश्रोत तथा सिंचाई सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७५/०६/२३ गते माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि बर्षमान पुनको प्रमुख आतिथ्यता तथा माननीय प्रतिनिधी सभाका सासंद तथा पूर्व सभामुख ओनसरी घर्ति को विशिष्ट आतिथ्यतामा प्युठान नगरपालिकामा बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा उर्जा, जलश्रोत तथा सिंचाई सम्बन्धि अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न भयो । प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रदेश संसद, जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु, कार्यालय प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा नगर बासीहरुको उल्लेख्य सहभागी रहेको थियो. कार्यक्रमका सन्धर्भमा प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतीले सिंचाई जलश्रोत तथा उर्जा सम्बन्धि ६ बुंदे ज्ञापनपत्र माननीय मन्त्रि समक्ष पेश गर्नु भएको थियो । यस कार्यक्रम को सहजीकरण दिनेश के सी ले गर्नु भएको थियो ।