FAQs Complain Problems

प्यूठान नगरपालिकाको ५ औ नगरसभा सम्पन्न

प्यूठान नगरपालिकाको ५ औ नगरसभा आज मिती २०७६ असार १८ गतेको दिन सम्पन्न भएको छ । यस नगरसभा बाट आ.व. २०७६/०७७ को निती तथा कार्यक्रम र बजेट पारित भएको छ । नगरपालिकाले आगामि आर्थिक बर्ष भित्र बिभीन्न नमुना कार्यहरु गर्ने निति राखेको छ । यसै अन्तरगत पाँचौ नगरसभाबाट पारित भएका मुख्य प्रस्ताव तथा नगरपालिकाले प्राथमिकतामा राखि गर्न लागेका महत्वपुर्ण कार्यहरु हरु निम्न रहेका छन् ।

- शैक्षिक गुणस्तर अभिबृद्धी गर्न भर्ना शुल्क फिर्ता( कक्षा १ देखि १० सम्म) र निशुल्क शिक्षा को व्यवस्था ,
- जेष्ठ नगरिकहरुका लागी निशुल्क आँखा उपचार, 
- जेष्ठ नागरिकहरुका लागि घर दैलो उपचार सेवा ,
- 'ग' बर्गको अपाङ्गता भएका व्यक्तिहरुको लागि सामाजिक सुरक्षा भत्ता ,
- "हाम्रा सन्तान हाम्रा भविष्य " कार्यक्रम अन्तरगत जन्मेको ३५ दिन भित्र जन्म दर्ता गर्ने लाई बाल बचत कोष अन्तर्गत नगरपालिकाले रु. १००० खाता खोलि जम्मा गरिदिने ,
- प्यू.न.पा २ र ३ मा मोडेलको रुपमा SMART CITY अवधारणा अगाडी बढाउने ,
- " खरको छाना मुक्त नगरपालिका" अन्तर्गत निःशुल्क जस्ता पाता वितरण ,
- १ घर १ धारा अभियान अगाडी बढाउने ,
- प्यूठान नगरपालिकालाई यसै बर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान,
- यसै बर्ष Toll Free Number र Audio Notice Board को व्यवस्था गरि गुनासो सुन्ने व्यवस्थालाई थप प्रभावकारी बनाई जनताहरुमा सुचनाको हकको पहुँच बढाउने,
- रोजगार कार्यक्रम मार्फत रोजगारिका अवसर सिर्जना गर्ने,
- राजश्व तिर्नको लागि नगरपालिका सम्म अाउनुपर्ने अवस्थाको अन्त्य गर्न
सबै वडाहरुमा ईन्टरनेटको पहुँच पुर्यार्ई वडा बाट नै Online Revenue Collection को व्यवस्था गरिने ,
- यसै बर्ष देखि नगरको मुख्य बजार क्षेत्र बाग्दुलामा तरकारी संकलन केन्द्र सञ्चालनमा आउने ,
- विजुवारमा अत्याधुनिक शीत भण्डार निर्माण गरिने ।

माथी उल्लेखित सबै कामहरु आ.ब.२०७६/०७७ देखि नै लागु गरि जनतामा विकास को प्रत्याभुति गराउने र "सम्बृद्ध नगर , सुखि नगरबासि " भन्ने नारालाई पुरा गर्ने लक्ष नगरपालिकाको रहेको छ ।
यसका साथै ‍ यस नगरसभा लाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट महत्वपुर्ण योगदान दिने सम्पुर्ण जनप्रतिनिधी ‍ , कर्मचारी, पत्रकार , सरोकारवालाहरु र सर्वसाधारणहरु प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु ।
नगर प्रमुख
प्यूठान नगरपालिका