FAQs Complain Problems

प्यूठान नगरपालिकामा समायोजन भई आउनु भएकाकर्मचारिहरुको स्वागत तथा यहाँ बाट समायोजन भइ अन्य कार्यालयमा सरुवा हुनु भएका कर्मचारिहरुको  बिदाई कार्यक्रम

प्यूठान नगरपालिकामा समायोजन भई आउनु भएका कर्मचारिहरुको स्वागत तथा यहाँ बाट समायोजन भइ अन्य कार्यालयमा सरुवा हुनु भएका कर्मचारिहरुको  बिदाई कार्यक्रम आज प्यूठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यको अधक्ष्यतामा एक कार्यक्रम विच सम्पन्न गरियो ।

प्यूठान नगरपालिका अन्तरगतका बिभिन्न शाखामा बिभिन्न पदमा रही आफ्नो लामो अनुभव, विज्ञता तथा काम प्रतिको लगनशिलता र सेवाग्राही मैत्री कार्य संस्कृतिका कारण यस कार्यालय बाट हुने सार्बजनिक सेवा लाई प्रभावकारी बनाउन अमुल्य योगदान गर्नु भएका कर्मचारि साथीहरुलाई मायाको चिनो प्रदान गर्दै अबको दिनहरुमा पनि उत्तिकै लगनशिलताका साथ काम गरि आफ्नो व्यक्तित्व बिकासका साथ साथै कार्य सम्पादनमा अझ प्रभावकारि भुमिका खेल्नुहुन  प्यूठान नगरपालिका परिवार उहाँ हरुलाई शुभकामना व्यक्त गर्दछ ।

साथै सरुवा भई आउने साथिहरुले पनि आ-आफ्नो जिम्मेवारिलाई उत्कृष्ठ रुपमा निभाई सेवा प्रवाहमा थप सहजता प्रदान गर्नेहुनेछ भन्नेमा पनि प्यूठान नगरपालिका परिवार बिश्वश्त रहेको छ।