FAQs Complain Problems

" हामी सबैको प्रण , सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण " भन्ने आदर्श वाक्यका साथ प्यूठान नगरपालिकामा ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाईयो

" हामी सबैको प्रण , सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण " भन्ने आदर्श वाक्यका साथ प्यूठान नगरपालिकामा ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाईयो जसको अध्यक्षता नगरप्रमुख श्री अर्जुन कुमार कक्षपती ले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य प्रदेश नं. ५ का माननीय श्री कृष्णध्वज खड्काले गर्नुभएको थियो । त्रिदिवसीय रुपमा शिक्षा दिवस मनाउने नगर शिक्षा समितीको निर्णय अनुसार पहिलो दिन बिद्यालय सरसफाई , दोस्रो दिन बिशेष शिक्षा कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई फलफूल वितरण तथा आज विशेष समारोहका साथ खेलकुद कवर्डहल पुण्यखोला प्यूठानमा उक्त कार्यक्रम सम्पन्न भयो । उक्त समारोहमा मा.वि. स्तरीय वक्तृत्वकला सञ्चालन गरी प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै नगरपालिका भित्रका उत्कृष्ट वि.व्य.स , प्र.अ. , शिक्षक , विद्यालय कर्माचारी ,बाल बिकास शिक्षक हरुलाई पुरस्कारका साथै प्रमाणपत्र पनि वितरण गरियो ।‍