FAQs Complain Problems

प्युठान नगरपालिकाको करारमा कर्मचारी लिने सम्बन्धि सूचना

पद : सर्बेक्षक / नापी निरिक्षक 

१. आवश्यक संख्या : १ 

२. शैक्षिक योग्यता र अनुभव:
क) नेपाली नागरिक ।
ख) न्यूनतम योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेट्रक्स विषयमा तिन वर्षे प्रवीणता प्रमाण पत्र सरहको डिप्लोमा उत्तीर्ण वा विज्ञान (फिजिकल समूह) वा भूगोल विषय लिई प्रमाण पत्र तह उत्तीर्ण गरी कम्तीमा एक वर्षको जुनियर नापी तालिम प्राप्त गरेको ।
ग) अनुभवीलाई प्राथमिकता दिइनेछ ।
घ) १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
ङ) अन्य प्रचलित कानुनद्धारा अयोग्य नभएको ।

३. दरखास्तमा संलग्न गर्नुपर्ने : उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिएका सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ ।
४. तलब, सुविधा : रा.प.अनं. प्रथम श्रेणीको शुरु तलब स्केल, चाडपर्व खर्च र पोशाक भत्ता ।
५. दरखास्त दस्तुर : रु. ५०० ।
६. सेवा अवधि : नियुक्ति भएको मितिदेखी २०७६ असार मसान्तसम्म ।
७. परिक्षाको किसिम : आवश्यकताअनुसार लिखित तथा अन्तवार्ता ।
८. परिक्षा मिति, समय र स्थान : दरखास्त दिने समय सकिएपछि जानकारी गराइनेछ ।

 

पद : सामाजिक परिचालक 

१ आवश्यक संख्या : २ (वडा नं ४ - १ जना , वडा नं ९ - १ जना)

२. शैक्षिक योग्यता र अनुभव ः
क) नेपाली नागरिक ।
ख) न्यूनतम योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण वा प्रवेशिका परीक्षा उत्तीर्ण गरी सिटिईभिटीवाट सम्वन्धन प्राप्त संस्थाहरुवाट सामाजिक परिचालन सम्वन्धी १२ महिने तालिम उत्तीर्ण गरेका विवाहित महिला वा एकल महिला वा अन्य महिला हुनु पर्नेछ । यसमध्ये आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछि परेका विवाहित महिला उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
ग) उम्मेदवार सम्वन्धित वडामा स्थायी वसोवास भएको हुनुपर्नेछ ।
घ) २१ वर्ष उमेर पुरा भएको ।
ङ) अन्य प्रचलित कानुनद्धारा अयोग्य नभएको ।
च) सामाजिक परिचालन तथा सामुदायिक विकासका क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता दिइनेछ ।

३. दरखास्तमा संलग्न गर्नुपर्ने ः उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिएका सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ ।
४. तलब, सुविधा ः मासिक रु. १२,०००÷– (बाह्र हजार), चाडपर्व खर्च र पोशाक भत्ता ।
५. दरखास्त दस्तुर ः रु. ५०० ।
६. सेवा अवधि ः नियुक्ति भएको मितिदेखी २०७६ असार मसान्तसम्म ।
७. परिक्षाको किसिम ः आवश्यकताअनुसार लिखित तथा अन्तवार्ता ।
८. परिक्षा मिति, समय र स्थान ः दरखास्त दिने समय सकिएपछि जानकारी गराइनेछ ।
९. दरखास्त दिने स्थान ः प्यूठान नगर कार्यपालिकाको कार्यालय, बिजुवार, प्यूठान ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.