FAQs Complain Problems

प्यूठान नगरपालिकाको न्यायीक कार्यसम्पादन सम्बन्धमा Samachar Space द्वारा २०८१ भाद्र २० मा प्रेसित गरेको समाचार

प्यूठान नगरपालिका न्यायिक समितिमा मुद्दाको चाँप निरन्तर वढिरहेको छ । नगरपालिका कानुन इकाईले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको पहिलो ४५ दिनमा ३१ वटा नयाँ मुद्दा दर्ता भइसकेका छन् ।
यो ४५ दिनमा दर्ता भएका मुद्दाहरुको सहजीकरणका लागि मेलमिलापकर्ताहरु २० पटक दुवै पक्षहरुसंग बसाई भइसकेको छ भने ६ वटा मेलमिलाप कार्य सम्पन्न भयका छन् ।

प्यूठान नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक देवेन्द्र वर्माले प्यूठान नगरपालिकाले फैसला गर्नुपर्ने विवादमा पनि भरसक दुवै पक्षको मेलमिलापबाट समस्या समाधान गरिने गरिएको वताए । समाजमा अमन स्थापना गर्न तथा नगरवासीको न्याय प्राप्तीको अधिकार निशुल्क गर्नका लागि प्यूठान नगरपाकिला न्यायिक समिति तथा कानुन इकाई निरन्तर खट्ने गरेको उनको भनाई छ ।

गत आर्थिक वर्षमा ६० वटा मुद्दा दर्ता भएको प्यूठान नगरपालिकाले सबै समस्याहरु मेलमिलापबाट समाधान गर्न ४९ जना सामुदायिक मेलमिलापकर्ताहरुलाई तयार गरेको छ । पालिकाले समुदायतहमा कानुनी सचेतना कार्यक्रमलाई पुर्याउने गरेको छ । यस आर्थिक वर्षमा पनि चार सय वढि समुदायका अगुवाहरुलाई न्यायिक सचेतना सम्वन्धी तालिम प्रदान गरिने लक्ष्य रहेको न्यायिक समिति संयोजक वर्माले वताए ।

हिंसा सम्वन्धी नगरपालिकाले आउने मुद्दाको तत्काल सम्वोधनका लागि लैंगिक हिंसा सुरक्षा कोषको लागि बजेट विनियोजन गरेको तथा कतिपय अवस्थामा मानसिक रुपमा विक्षिप्त रहेको जानकारी प्राप्त भएमा मनोसामाजिक परामर्शका लागि समेत बजेट विनियोजन गरिएको कानुन इकाईका सहजकर्ता दिपक पौडेलले वताए । प्राप्त हुने न्यूनतम श्रोतलाई उच्चतम प्रयोग गरेर पनि हामी निरन्तर समस्या समाधानका लागि खटेका छौ, उनको भनाई छ ।



पूरा समाचारको लागि यहा क्लिक गर्नुहोला

imge: