"अन्तरपालिका समन्वय"
आज प्यूठान नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा स्थानीय तहको न्यायीक प्रक्रिया सम्बन्धी अनुभव तथा सिकाई आदानप्रदान गर्ने उदेश्यले पाल्नुहुने कैलारी गाँपालिका, कैलालीका जनप्रतिनिधी र कर्मचारीहरुलाई यस नगरपालिकामा स्वागत गरी न्यायीक कार्यसम्पदानमा दुवै पालिकाले गर्ने गरेका असल अभ्यासहरु आदानप्रदान गरियो ।
प्युठान नगरपालिका वडा नम्बर ८ मा अवस्थित बेसार प्रशोधन केन्द्रमा VOL Nepal को तर्फबाट प्राविधिक सहयोगको लागि आउनुभएका प्रोजेक्ट म्यानेजर हरिस रेड्डीज्यू को विदाई कार्यक्रम ।
प्यूठान नगरपालिकाले २०८२ बैशाख १ गते नया वर्षको शुभारम्भ संगै ५ नं. वडा कार्यालयको भवन शिलान्यास गरी नयावर्ष को सुरुवात गरेको छ ।
"Toward 30 years of the Beijing Declaration and Platform for Action: Unite to End Violence against Women" र "हामी सबैको प्रतिवद्धताःलैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मिति २०८१ मंसिर १० गते सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुदै।
मिति २०८१ मंसिर १० देखी २५ गते सम्म नगरपालिका भित्रका विभिन्न स्थानहरुमा बिभिन्न किसिमका सचेतनामूलक तथा अभियानमूलक कार्यक्रमहरु सञ्चालन गरी मनाईनेछ ।