प्यूठान नगरपालिकाको चौथो नगरसभामा कार्यक्रम

प्यूठान नगरपालिकाको चौथो नगरसभामा कार्यक्रम नगर प्रमुख श्री अर्जुन कुमार कक्षपती ज्यु को अध्यक्षतामा नगर सभाको उदघाटन पश्चात कार्यसुची अनुसार उप प्रमुख ज्यु बाट न्यायिक समितिको प्रतिबेदन र नगर प्रमुख ज्यु बाट चालु आ ब २०७५०७६ को हाल सम्मको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भयो । 

संक्षिप्त परिचय

नेपालको ५ नं. प्रदेशमा पर्ने यस नगरपालिकामा झिमरुक नदीको वारिपारीका साविकका खलंगा, विजुवार, धर्मावती, विजयनगर, दाखाक्वाडी, खैरा र मरन्ठाना गाविसहरु मिलेर १९ वटा वडासहितको नगरपालिका बनेकोमा स्थानीय तहको पुनर्संचना पश्चात नेपाल सरकारले राजपत्रमा मिति २०७३ फागुन २६ को सुचना प्रकाशन गरेबमोजिम साविक प्युठान नगरपालिकाको वडा नं. ४, ६—१७, १९ तथा जुम्रीकाँढा र माझकोट गाविसहरु मिलाएर हालको प्युठान नगरपालिका स्थापना भएको हो । हाल यस नगरपालिकामा १० वटा वडाहरु रहेका र यसको केन्द्र वडा नम्बर ४ को विजुवारमा रहेको छ ।

Pages