FAQs Complain Problems

प्युठान नगरपालिकामा शैक्षिक सुधारका लागि सुझाव सड्ढलन कार्यक्रम

प्युठान नगरपालिकामा शैक्षिक सुधारका लागि गठित कार्यदलको आयोजनामा आज पहिलो चरणको सुझाव सड्ढलन कार्यक्रम निकै उत्साहपुर्ण रुपमा सम्पन्न भएकोछ ।जिल्ला समन्वय समिति प्युठान का प्रमुख धरम बहादुर जिसि को प्रमुख आतिथ्यता र प्युठान नगरपालिकाका प्रमुख बिस्णु योगि,उपप्रमुख देबेन्द्र वर्मा ,शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख शिबराज पन्डितको विशेष आतिथ्यता ,जिल्लामा कृयासिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,शिक्षा बिद एबम शिक्षा क्षेत्रमा लामो अनुभव र योगदान गर्नु भएका आदरणीय ब्याक्तित्वहरु ,बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरु, नगर शिक्षा समिती का सदस्यहरु,शिक्षक एबम बिद्यार्थी सङगठन का प्रतिनिधिहरु,पत्रकार महासङ्ग का प्रमुख एबम प्रतिनिधिहरु सहित प्युठान नगरपालिका भित्रका शिक्षा क्षेत्रमा चासो र सरोकार राख्ने विशिष्ट ब्यक्तिहरुको सहभागीतामा सम्पन्न आजको कार्यक्रममा शिक्षामा सुधारका लागि निकै महत्त्वपूर्ण सुझावहरु प्राप्त भएका छन ।यी सुझावहरु प्रती हाम्रो कार्यदल आभार प्रकट गर्दछ ।बिना कनै आग्रह पुर्वाग्रह , बिना कुनै स्वार्थ र दवाब स्थानीय सरकारको प्राथमिकतामा रहेको शिक्षा क्षेत्रमा सुधार गर्ने इच्छा शक्ति लाई साथ दिनु बाहेक यो कार्यदलको अरु कुनै उद्देश्य नरहेको कुरामा हामी बिश्वास दिलाउन चाहान्छौ र बिस्वस्त रहन सबैमा आग्रह गर्दछौ ।अलिकती आलोचना र चुनौतीको सामना गरेरै भए पनि शिक्षा क्षेत्रमा सुधारको सुरुवात गर्नु पर्छ भन्ने कुरामा भने हामी प्रतिबद्ध रहेको कुरा पनि अनुरोध गर्न चाहान्छौ ।अन्त्यमा सामाजिक सन्जाल को सुचनाको आधारमा चासो का साथ उपस्थित भएर कार्यक्रम अबधी भर सहभागी भएर सबैका सुझाव सुन्ने र निकै महत्त्वपूर्ण सुझाव प्रदान गर्नु हुने प्युठान का छोरा एबम दाङ मा कर्म थलो बनाएर शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न सफल राप्ती इन्जिनियरिङग कलेज का प्रबन्ध निर्देशक डा भिमसेन गिरि र निर्देशक मधुसूदन बैद्द प्रती विशेष आभार प्रकट गर्दछौ ।साथै आगामी दिनमा पनि यहाहरु सबैको सल्लाह सुझाव र सहयोगको अपेक्षा गर्दछौ .