प्यूठान नगरपालिकाको संक्षिप्त परिचय
प्यूठान नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत प्यूठान जिल्लामा र हाल ५ नं प्रदेश मा पर्दछ । भौगोलिक हिसाबले यस नगरपालिका राप्ती अञ्चल, प्यूठान जिल्लाको मध्य भागमा ८२ डिग्री ४६’ ३०” देखि ८२ डिग्री ५७’ ३०” पूर्वी देशान्तर र २८ डिग्री ३’ ३०” देखि २८ डिग्री ११’ उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ।
२८.९६ वर्ग कि.मि. क्षेत्रफल रहेको यस प्यूठान नगरपालिका उत्तरमा नौबहिनी गाउँपालिका र रोल्पा जिल्ला, पश्चिमतिर स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिका, दक्षिणमा मल्लरानी गाउँपालिका र माण्डवी गाउँपालिका र पूर्वमा झिमरुक गाउँपालिका रही संरचित छ।नेपाल सरकारको निर्णयअनुसार २०७३/११/२० साविकका गाविसहरू प्यूठान न.पा.(४,६—१७,१९), माझकोट जुम्रीकाँडा गा.वि.स. हरू समेटी प्यूठान नगरपालिका घोषणा गरिएको थियो । प्यूठान नगरपालिकाको अधिकतम औषत तापक्रम ३२.० डिग्री सेल्सियस र न्यूनतम औषत तापक्रम ८.० डिग्री सेल्सियस रहेको पाईन्छ । शैक्षिक तर्फ प्रा.वि सङ्ख्या ४५, नि.मा.वि. ८, मावि १२ गरी जम्मा ६५ वटा शिक्षण संस्थाहरू संचालित छन् यस मध्ये १२ निजी र १ शैक्षिक गुठी संस्था रहेका छन् । प्राकृतिक श्रोतको दृष्टिकोणले संभावनायुक्त, मानवीय श्रोतको दृष्टिकोणबाट नेतृत्व क्षमतायुक्त, राजनैतिक दल र सचेत एवं उत्प्रेरित नगरपालिकाबासी यस नगरपालिकाको दिगो विकासका आधार स्तम्भका रूपमा रहेका छन् । यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार सबैभन्दा बढी क्षेत्री जाति १३५२९ जना (३२.१%), दोस्रोमा मगर ८,९७७ जना (२१.३० %) र तेस्रोमा पहाडी ब्राम्ह्मण ४८७८ (११.६ % ) हरूको बसोबास रहेको छ । केही भाग ऐतिहासिक तथा शहरी क्षेत्रको रूपमा रहेको नगरपालिकामा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ । स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रूपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत अपनाएका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । यस नगरपालिकामा आधारभूतदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्था उल्लेख्य मात्रामा रहेका छन् । अध्ययनका लागि यस नगरपालिकाको शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका÷ नगरपालिकाबाट आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, तीज, होली, महाशिवरात्री, चैते दशै, रामनवमी, कृष्ण जन्माष्टमी, बकरइद, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।
प्रमुख धार्मिक तिर्थस्थल एवम् धार्मिक मन्दिरहरुः- कालिका मन्दिर-विजुवार,भिमसेन मन्दिर-विजुवार,शिवालय मन्दिर-विजयनगर,खैराकोट-खैरा,राजुराथान मन्दिर-वडा नं. ४,क्षेत्रपाल मन्दिर-वडा नं ७,शिवगोपाल मन्दिर-वडा नं २,जाल्पास्थान-वडा नं. ४, सिद्धमेहेलथान-वडा नं. ६,भूमिस्थाना मन्दिर-वडा नं १,भूमेथान मन्दिर-वडा नं ९, वृत्तीका थान मन्दिर – वडा नं. ६, भित्रिकोट मन्दिर, गोरखनाथ मन्दिर – वडा नं. १ र २, शिवालय मन्दिर – वडा नं. १, खड्ग मन्दिर –वडा नं.४, ठाकुर बराह मन्दिर –वडा नं. ५, सिद्ध फलारी – वडा नं. २
प्राकृतिक दृश्यावलोकनका स्थानहरुः लिस्ने पहाड-जुम्रीकाँडा,सुंगुरखाल हलहले डाँडा-विजयनगर,साततले डाँडा-मरन्ठाना,झुलेनी लेक-माझकोट,भित्रीकोट- वडा नं.४ ,गोरखपुरे भीर-मरन्ठाना,मरन्ठाना कोट, झिमरुक ड्यामसाईट- वडा नं. १, गाँजुरी शहीद पार्क – वडा नं. ७, युद्ध पर्यटकीय स्थल – वडा नं. ३ , सिस्टर पार्क – वडा नं. १, कुटी – वडा नं. ८
ऐतिहासिक महत्वका स्थानहरुः दाखाँकोट दरबार-वडा नं २,रानीचौर- वडा नं. २, राजुराथान दरवार-वडा नं ७, वराहथान-वडा नं ७, भित्रिकोट – वडा नं. ४, खैराकोट – वडा नं. १
प्यूठान नगरपालिकाको जनसाङ्खिक विवरण
जनसंख्याको विवरण कुनैपनि स्थानको जनसंख्याविकासको साधन र साध्यदुवैको रूपमा रहेको हुन्छ । विकासको लागि आवश्यक अन्य आर्थिक, भौतिक साधनहरूको परिचालन मानवश्रोतबाट नै हुने भएकाले विकास योजना तर्जुमा गर्दा यसको बनावटको विविध पक्षहरूको अध्ययन र विश्लेषण आवश्यक हुन्छ । नेपालमा नगरपालिका स्तरमा जनसंख्याको विविध पक्षको तथ्याङ्क प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको साथै नगरपालिका स्तरमा घरधुरी सर्वेक्षण मार्फत समेत प्राप्त हुने गरेको छ । यहाँ राष्ट्रिय जनगणनाबाट प्राप्त नतिजाको आधारमा जनसंख्याका विविध पक्षहरूको विश्लेषण गरिएको छ ।
जनसंख्याको विवरण
विवरण |
२०७८ |
प्रतिशत |
जम्मा जनसंख्या |
४२१३० |
१०० |
पुरुष |
१८८७९ |
४४.८ |
महिला |
२३२५१ |
५५.२ |
लैगिक दर |
८१.२० |
|
जम्मा घर धुरी |
११२३५ |
|
औषत परिवार आकार |
३.७५ प्रति परिवार |
|
६ बर्ष र सो भन्दामाथिको साक्षरता दर |
८४.५% |
|
जनघनत्व (प्रतिवर्ष कि.मी) |
३२७ |
|
श्रोत राष्ट्रिय जनगणना २०७८
राष्टिय जनगणना २०७८ माथिको तालिकामा प्यूठान नगरपालिकाको जनसंख्याको विवरण प्रस्तुत गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार प्यूठान नगरपालिकाको जनसंख्या ४२१३० रहेको छ जस मध्ये पुरुष ४४.८ प्रतिशत (१८८७९ जना) र महिला ५६.२ प्रतिशत (२३२५१ जना) रहेका छन् । सोहीअनुसार लैंगिक अनुपात ८४.५% अर्थात प्रति १०० महिलामा पुरुषको संख्या ८४.५ रहेको छ । जनघनत्व ३२७ जना प्रतिवर्ग किलो मिटर रहेको छ । राष्टिय जनगणना २०७८ अनुसार यस नगरपालिकाका कुल जनसंख्यामध्ये ५१.७५ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका, ४०.११ प्रतिशत १४ वर्ष वा सो भन्दा कम उमेरका, र ८.१४ प्रतिशत ६० वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहका रहेका छन् । राष्ट्रिय जनगणना, २०६८ अनुसार प्यूठान नगरपालिकामा ११२३५ घरपरिवार रहेका छन् । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ बमोजिम यस नगरपालिकाको कुल जनसंख्यामध्ये ३.३ प्रतिशत (१३८३ जना) अपाङ्गता भएकाहरू रहेका छन् । कुल जनसंख्यामा २.८% महिला तथा ३.९% पुरुषमा अपाङ्गता रहेको छ । नगरपालिका भित्र परिवारको औषतआकार ३.७५ प्रतिशत रहेको छ ।
वडा अनुसार क्षेत्रफलजनसंख्या तथा घरधुरी विवरण
वडा नं |
जम्मा क्षेत्रफल |
जम्मा घरधुरी |
औषत परिवार संख्या |
जम्मा जनसंख्या |
पुरुष |
महिला |
जनघनत्व प्रति वर्ग कि.मि. |
१ |
१४.९६ |
९२३ |
३.६ |
३३२५ |
१४२५ |
१९०० |
२२२.२६ |
२ |
१४.८६ |
१३३० |
३.७४ |
४९७४ |
२२०३ |
२७७१ |
३३४.७२ |
३ |
१०.६८ |
१०७५ |
३.७१ |
३९८६ |
१७७९ |
२२०७ |
३७३.२२ |
४ |
११.६३ |
१९८७ |
३.४८ |
६९२१ |
३२४२ |
३६७९ |
५९५.१ |
५ |
२१.५९ |
१०६१ |
४.१७ |
४४२० |
१९३४ |
२४८६ |
२०४.७२ |
६ |
१२.६७ |
८०२ |
४.११ |
३२९५ |
१५२३ |
१७७२ |
२६०.०६ |
७ |
४.९८ |
८०१ |
३.७९ |
३०३२ |
१३९७ |
१६३५ |
६०८.८४ |
८ |
१३.०४ |
१५४२ |
३.७८ |
५८२५ |
२६३३ |
३१९२ |
४४६.७ |
९ |
१३.३५ |
८७७ |
३.७६ |
३२९७ |
१४५६ |
१८४१ |
२४६.९७ |
१० |
११.२ |
८३७ |
३.६५ |
३०५५ |
१२८७ |
१७६८ |
२७२.७७ |
जम्मा |
१२८.९६ |
११२३५ |
३.७५ |
४२१३० |
१८८७९ |
२३२५१ |
३२६.६९ |
श्रोत राष्ट्रिय जनगणना २०७८