कर्मचारी स्वागत कार्यक्रम
प्यूठान नगरपालिकामा हालै सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्णप्रसाद खनाल, पशु सेवा अधिकृत श्री विष्णु के.सी., सहायक प्रशासकीय अधिकृत श्री मनोज पोख्रेल,लेखापाल श्री बसन्त गिरी तथा सहायक महिला विकास निरीक्षक श्रीमती सिता गौतमज्यूलाई नगर प्रमुख,नगर उप प्रमुख, जनप्रतिनिधिहरू र कर्मचारीहरूको उपस्थितिमा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
उहाँहरूको कार्य अनुभव, प्रशासकीय दक्षता र कार्यप्रति समर्पण भावले प्यूठान नगरपालिकाको सेवा प्रवाह र समग्र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास नगरप्रमुखले व्यक्त गर्नुभएको छ। नगरपालिकाले उहाँहरूको कार्यकाल सफल, सार्थक र फलदायी होस् भन्ने शुभकामना व्यक्त गर्दछौ।