FAQs Complain Problems

प्यूठान नगरपालिकाको प्रशासकीय भवन

Read More

प्यूठान नगरपालिका मरन्ठानामा रहेको बाइसधारा

Read More

भित्रिकोट दरवार क्षेत्र

Read More

संक्षिप्त परिचय

प्यूठान नगरपालिकाको संक्षिप्त परिचय

प्यूठान नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत प्यूठान जिल्लामा र हाल ५ नं प्रदेश मा पर्दछ । भौगोलिक हिसाबले यस नगरपालिका राप्ती अञ्चल, प्यूठान जिल्लाको मध्य भागमा ८२ डिग्री ४६’ ३०” देखि ८२ डिग्री ५७’ ३०” पूर्वी देशान्तर र २८ डिग्री ३’ ३०” देखि २८ डिग्री ११’ उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ। 

१२८.९६ वर्ग कि.मि. क्षेत्रफल रहेको यस प्यूठान नगरपालिका उत्तरमा नौबहिनी गाउँपालिका र रोल्पा जिल्ला, पश्चिमतिर स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिका, दक्षिणमा मल्लरानी गाउँपालिका र माण्डवी गाउँपालिका र पूर्वमा झिमरुक गाउँपालिका रही संरचित छ।नेपाल सरकारको निर्णयअनुसार २०७३/११/२० साविकका गाविसहरू प्यूठान न.पा.(४,६—१७,१९), माझकोट जुम्रीकाँडा गा.वि.स. हरू समेटी प्यूठान नगरपालिका घोषणा गरिएको थियो । प्यूठान नगरपालिकाको अधिकतम औषत तापक्रम ३२.० डिग्री सेल्सियस र न्यूनतम औषत तापक्रम ८.० डिग्री सेल्सियस रहेको पाईन्छ । शैक्षिक तर्फ प्रा.वि सङ्ख्या ४५, नि.मा.वि. ८, मावि १२ गरी जम्मा ६५ वटा शिक्षण संस्थाहरू संचालित छन् यस मध्ये १२ निजी र १  शैक्षिक गुठी संस्था रहेका छन् । प्राकृतिक श्रोतको दृष्टिकोणले संभावनायुक्त, मानवीय श्रोतको दृष्टिकोणबाट नेतृत्व क्षमतायुक्त, राजनैतिक दल र सचेत एवं उत्प्रेरित नगरपालिकाबासी यस नगरपालिकाको दिगो विकासका आधार स्तम्भका रूपमा रहेका छन् । यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार सबैभन्दा बढी क्षेत्री जाति १३५२९ जना (३२.१%), दोस्रोमा मगर ८,९७७ जना (२१.३० %) र तेस्रोमा पहाडी ब्राम्ह्मण ४८७८ (११.६ % ) हरूको बसोबास रहेको छ । केही भाग ऐतिहासिक तथा शहरी क्षेत्रको रूपमा रहेको नगरपालिकामा  ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ । स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रूपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत अपनाएका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । यस नगरपालिकामा आधारभूतदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्था उल्लेख्य मात्रामा रहेका छन् । अध्ययनका लागि यस नगरपालिकाको शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका÷ नगरपालिकाबाट आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, तीज, होली, महाशिवरात्री, चैते दशै, रामनवमी, कृष्ण जन्माष्टमी, बकरइद, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

प्रमुख धार्मिक तिर्थस्थल एवम् धार्मिक मन्दिरहरुः- कालिका मन्दिर-विजुवार,भिमसेन मन्दिर-विजुवार,शिवालय मन्दिर-विजयनगर,खैराकोट-खैरा,राजुराथान मन्दिर-वडा नं. ४,क्षेत्रपाल मन्दिर-वडा नं ७,शिवगोपाल मन्दिर-वडा नं २,जाल्पास्थान-वडा नं. ४, सिद्धमेहेलथान-वडा नं. ६,भूमिस्थाना मन्दिर-वडा नं १,भूमेथान मन्दिर-वडा नं ९, वृत्तीका थान मन्दिर – वडा नं. ६, भित्रिकोट मन्दिर, गोरखनाथ मन्दिर – वडा नं. १ र २, शिवालय मन्दिर – वडा नं. १, खड्ग मन्दिर –वडा नं.४, ठाकुर बराह मन्दिर –वडा नं. ५, सिद्ध फलारी – वडा नं. २

Pages

जनप्रतिनिधि

  • विष्णु बहादुर योगी (Bishnu Bahadur Yogi)
    नगर प्रमुख
    ९८५७८३२५२८
  • देवेन्द्र वर्मा (Devendra Brahma)
    उप– प्रमुख
    ९८५७८३३१७३
    devendranice@gmail.com

कार्यालय प्रमुख

नारायण प्रसाद भण्डारी
प्रमुख प्रशासकीय अधिकृत
caopyuthanmun@gmail.com
9857841111