FAQs Complain Problems

किट्घाट लिफ्ट खानेपानी याेजना सम्पन्न

प्यूठान नगरपालीका वडा नं १ किट्घाटमा लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ । पछाडी पारिएको यस कुमाल बस्तिमा घरघरमा २८ वटा धारा बने पछि स्थानीय हर्षित बनेका हुन ।

आईतवार योजनाको उद्घाटन गर्दै प्रमुख अतिथि प्यूठान नगरपालिका नगर प्रमुख श्री अर्जुन कुमार कक्षपतिले पानीको अभाव भएको यस बस्तिलाई पहिलो प्राथमिकता दिई योजना सञ्चालन गरिएको बताउनुभयो ।