FAQs Complain Problems

नगरपालिकाको मुख्य बजार क्षेत्र सिल गर्ने सम्बन्धी सूचना

प्यूठान नगरपालिकामा पहिलो पटक कोभिड- १९ संक्रमण समुदाय स्तरमा देखिएकोले नगरपालिका स्तरीय CCMC को निर्णय अनुसार प्यूठान नगरपालिका वडा नं. ७ र वडा नं ८ वाग्दुला बजार क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु ५ दिनको लागि सिल गर्ने भनिएकोले सोही बमोजिम कार्य गर्नका लागि सबै नगरबासीहरुले आ-आफ्नो स्थानबाट सहयोग गरिदिनुहुन प्यूठान नगरपालिका परिवार हार्दिक अपिल गर्दछ ।
सिल गरिने क्षेत्र :-
पुण्यखोला क्यामपस देखी सारिवाङ मरन्ठान खरिबोट देखी धाईरे क्षेत्र सम्म ।

लकडाउन हटेपनि समुदायमा कोरोना संक्रमणको जोखिम यथावत रुपमानै रहेकोले सवै नगरबासीहरुलाई सचेत रही सुरक्षाका सवै उपाएहरु अपनाएर बस्नुहुन अनुरोध छ