FAQs Complain Problems

सूचना तथा समाचार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम

"लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सवैको ऐक्यवद्धता" भन्ने नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज मिति २०७७/०८/२५ गते कालिका विकास केन्द्रको सभाहलमा अन्तरकृया सहित समापन कार्यक्रम

सटर भाडामा लगाउने सम्बन्धी सूचना

यस प्यूठान नगरपालिकाद्वारा वडा नं. ७ बाग्दुलामा निर्माण गरिएको तपसिल बमोजिमको व्यावसायीक सटरहरु फलफूल, ताजा तरकारी, माछा तथा खाजाघर (क्यान्टिन) संचालन गर्न बढाबढ बाट भाडामा तगाउने भनि कार्यपालिकाको मिति २०७७/०५/२२ को निर्णय अनुसार यो सूचना प्रकाशीत गरिएको छ । 

शीतभण्डारको शिलान्यास

लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री कृष्णध्वज खड्काको प्रमुख आतिथ्यता र का.वा. नगर प्रमुख श्री शान्ता आचार्यको अध्यक्षतामा प्यूठान नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको शितभण्डारको आज मिति २०७७/०८/०५ गते विहान ठीक ८ः०० बजे एक कार्यक्रमबिच शिलान्यास गरियो ।

सुरक्षित नागरिक आवास कार्यक्रमको लागि आवेदन दिने सम्बन्धी सूचना !!

प्रस्तुत विषयमा सुरक्षित नागरिक आवास समन्वय समितिको मिति २०७७/०५/२५ गतेको बैठकको निर्णयानुसार आवास सुविधा प्रदान गर्न प्यूठान नगरपालिकावाट २०० जना लाभग्राहीहरु छनौट गर्नु पर्ने भएकोले सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन कार्यविधी २०७६(प्रथम संसोधन) बमोजिम गरिविको रेखामूनि रहेको, प्रकोपका क

सुत्केरी संग नगरपालिका कार्यक्रमको शुभारम्भ !!

सुत्केरी संग नगरपालिका कार्यक्रमको शुभारम्भ मिति २०७७/०६/२० गते सापडाँडा स्वास्थ्य चौकीबाट गरिएको छ !

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत वडा सचिवहरुका लागी अभिमुखिकरण तालिम

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत प्यूठान नगरपालिकाका १० वटै वडाहरुका वडा सचिवहरुका लागी दिईएको ३ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।

प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई राहत वितरण

प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई नगरपालिकाको विपद् कोष बाट सहयोग गरिएको छ । 

आर्थिक सहायताका लागि परेका निवेदनमध्ये अति विपन्न ३८ जनालाई प्रथम चौमासिकमा आर्थिक सहायता उपलब्ध गराउने लक्ष्य नगरपालिकाको रहेको छ । 

प्यूठान नगरपालिका वडा नं.-४ मा निर्माण भएको Senior Citizen Residence Building लाई आईसोलेसन( Isolation ‍) सेन्टरको रुपमा प्रयोग गरिने

प्यूठान नगरपालिका वडा नं.-४ मा निर्माण भएको Senior Citizen Residence Building लाई DCCMC प्यूठानको निर्णय अनुसार
आज देखी कोरोना संक्रमण रोकथामका लागि आईसोलेसन( Isolation ‍) सेन्टरको रुपमा प्रयोग गरिने भएको छ ।

प्यूठान जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी र प्रमुख अनुसन्धान अधिकृतको स्वागत कार्यक्रम

प्यूठान जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुषाल र प्रमुख अनुसन्धान अधिकृत श्री करम कोइराला ज्यूको आज प्यूठान नगरपालिका स्थित भित्रीकोट हलमा कार्यपालिका सदस्यहरुको उपस्थितिमा स्वागत गरियो । 

बजार क्षेत्र खुला गर्ने सम्बन्धी प्रेस विज्ञप्ती

मिति २०७७ श्रावण २१ गते दखी सिल गरिएको प्यूठान नगरपालिकाको वडा नं. ७ र ८ को मुख्य बजार क्षेत्र खुला गर्ने निर्णय मिति २०७७ श्रावण २४ गते बसेको नगर स्तरीय CCMC को बैठकले गरेको छ ।

वार्षिक समिक्षा कार्यक्रम स्थगित गरिएको वारे

नगरपालिका क्षेत्रभित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको कारणले मिति २०७७ श्रावण २३ गते कालिका बिकास केन्द्रको हलमा हुने भनिएको आर्थिक बर्ष २०७६/०७७ को वार्षिक प्रगति समिक्षा कार्यक्रम अर्को सूचना जारी नहुदा सम्मको लागि स्थगित गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।

नगरपालिकाको मुख्य बजार क्षेत्र सिल गर्ने सम्बन्धी सूचना

प्यूठान नगरपालिकामा पहिलो पटक कोभिड- १९ संक्रमण समुदाय स्तरमा देखिएकोले नगरपालिका स्तरीय CCMC को निर्णय अनुसार प्यूठान नगरपालिका वडा नं.

Pages