FAQs Complain Problems

सूचना तथा समाचार

युवा संसद स्थापना र संचालन सम्बन्धि तालिम अन्तरगत नमुना संसद अभ्यास कार्यक्रम

प्यूठान नगरपालिकाको आयोजनामा संचालित युवा संसद स्थापना र संचालन सम्बन्धि तालिम अन्तरगत नमुना संसद अभ्यास कार्यक्रम आज संचालन भयो।

युवा संसद स्थापना र संचालन सम्बन्धि तालिम

प्यूठान नगरपालिकाको आयोजनामा युवा संसद स्थापना र संचालन सम्बन्धी तालिम सुरु भएको छ। 

अति बिपन्न वर्ग तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण कार्यक्रम

अति बिपन्न वर्ग तथा  साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण कार्यक्रम अन्तरगत प्यूठान नगरपालिका वडा नं. ५ जुम्रिकाँडाका अति विपन्न वर्गका सर्वसाधारणहरुलाई नेपाल विधुत प्राधीकरण प्यूठानका प्रमुख र प्यूठान नगरपालिकाका नगरप्रमुख बाट संयुक्त रुपमा मिटर वितरण गरियो।

प्यूठान नगरपालिकाको ५ औ नगरसभा सम्पन्न

प्यूठान नगरपालिकाको ५ औ नगरसभा आज मिती २०७६ असार १८ गतेको दिन सम्पन्न भएको छ । यस नगरसभा बाट आ.व.

प्यूठान नगरपालिकाको आ.व. २०७६्/०७७को निति तथा कार्यक्रम

प्यूठान नगरपालिकाको ५औ नगरसभाले पारित गरेको निति तथा कार्यक्रम । 

१६औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७६

"धान खेतीमा प्रबिधि र यन्त्रीकरण , चामल आयातमा न्यूनीकरण" भन्ने नारा सहित आज असार १५को अवसरमा प्यूठान नगरपालिकाले १६औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७६ मनाएको छ ।

प्यूठान नगरपालिकाको पाँचौ नगर सभा

प्यूठान नगरपालिकाको पाँचौ नगरसभा २०७३ असार १० गते सुभारम्भ भएको छ। 

१० गतेको दिन पहिलो बैठकमा आ.व. २०७६/०७७ को निती तथा कार्यक्रम र बजेट पेश गरिएको थियो र बजेटको विस्तृत अध्ययनको लागि २ दिनको समय दिदै दोस्रो बैठक १३ गते बस्ने निर्णय गर्दै पहिलो बैठक समापन गरिएको थियो।

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिता

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड आज देखि प्यूठान नगरपालिका वडा नं. ४ स्थित गणतान्त्रिक खेल मैदानमा सुरु भएको छ । 
आज उद्घाटन भएको सो खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका बिभिन्न बिद्यालयको सहभागिता रहेको छ ।

पाँचौ अन्तर्राष्ट्रिय योग दिबस पुण्यखोला स्थित कबर्डहलमा मनाईयो

आज मिती २०७६ असार ६ गतेको दिन ५ औ अन्तराष्ट्रिय योग दिवस मनाईइको छ । पुण्यखोला स्थित कबर्डहलमा बिहान ५ः०० बजे देखि सुरु भएको कार्यक्रममा प्रथम सत्रमा बिभीन्न योगासन गरियो र दोस्रो सत्रमा पुण्यखोला देखी विजुवार  सम्म प्रभातफेरि गरियो ।

प्यूठान नगरपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रमको थालनि

प्यूठान नगरपालिकामा २०७६ असार १ गते देखि प्रधानमन्त्रि रोजगार कार्यक्रमको थालनि भएको छ। प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारिको लागि आवेदन दिएका मानिसहरुबाट केहिलाई छनौट गरि श्रम मुलक कामका लागि परिचालन गर्न थालिएको हो ।

विश्व अग्रज दुर्ववहार जागरूकता दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम प्युठान नगरपालिका

आफ्नो जीवनको भोगाइ र अनुभवले सिकेका कुराहरु नयाँ पिढी लाई सिकऊदै नयाँ पुस्ता लाई ज्ञान थप्नुहुने जेष्ठ नागरिक हरुको सम्मान प्युठान नगरपालिकामा

गणतन्त्र दिवस २०७६ प्यूठान नगरपालिकाले प्रभातफेरि कार्यक्रम तथा जिल्ला अस्पताल प्यूठानका विरामिहरुलाई फलफूल वितरण कार्यक्रम गरि मनाएको छ ।

गणतन्त्र दिवस २०७६को अवसरमा प्यूठान नगरपालिकाको आयोजनामा मिती २०७६ जेष्ठ १५ गते प्रभातफेरि कार्यक्रमका तथा जिल्ला अस्पताल प्यूठानलाई ईलेक्ट्रिकल वाटर डिस्पेन्सर वितरण साथै अस्पतालका बिरामिहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ । 

ठेक्का नं 17-Mun-2075-76/Road र ठेक्का नं 18-Mun-2075-76/Road Bid Addendum गरिएको बारे

 

Bid Addendum गरिएको सूचना २०७६-०१-२९ गते दिउसो १ः०० बजे देखि तल उल्लेखित लिङ्कमा हेर्न सकिन्छ । 

ppmo.gov.np

https://bolpatra.gov.np/egp/ 

म स्वस्थ मेरो देश स्वस्थ भन्ने नारा सहित मेरो बर्ष कार्यक्रम मनाईदै

म स्वस्थ मेरो देश स्वस्थ भन्ने नारा सहित मेरो बर्ष कार्यक्रम मनाईदै निम्न प्रतिबद्धताहरु सहित मनाईदै

प्रतिबद्धताहरुः

म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु,

म रक्सी,चुरोट र सुर्तिजन्य पदार्थबाट टाडै बस्छु,

म नियमित व्यायाम गर।छु,

करारमा सेवा लिने सम्बन्धि सूचना

विस्तृत जानकारिका लागि प्यूठान नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ । 

प्यूठान नगरपालिकाको तर्फबाट वारा र पर्साका बिपत पिडितहरुलाई राहत स्वरूप आर्थिक सहयोग

प्यूठान नगरपालिकाको मिती २०७५/१२/२० गतेको कार्यपालिकाको बैठक द्वारा प्यूठान नगरपालिकाको तर्फबाट वारा र पर्साका बिपत पिडितहरुलाई राहत स्वरूप रु १,११,१११ /- सहयोग गर्ने निर्णय गर्दै हर्दिक समवेदना प्रकट गरियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोजगारीमा संलग्न हुनको लागि निबेदनको ढाचा परीमार्जित भई निम्नानुसारको भएको जानकारी गराउन चाहन्छौ 

हार्दिक समवेदना

कास्की जिल्ला बाट प्रतक्ष निर्वाचित हुनुभई नेपाल सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रि समेत रहनु भएका माननीय रबिन्द्रअधिकारीको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनको खबरले अत्यन्त मर्माहित बनाएको छ । जुझारु र प्रतिभाशाली युवानेताको निधनले सम्पूर्ण रास्ट्रलाइ अपुरणीय क्षति भएको छ ।

Pages